तिहार नजिकिएसँगै मखमली फूलको माला बनाउने चटारो, तस्विरमा हेर्नुहोस्
कोरोनाभाइरसको महामारीको असर पुष्प व्यवसायमा पनि देखिएको छ । तिहार नजिकिदै गर्दा मखमली फूलको व्यापार जोडतोडले हुने गर्दथ्यो । तर, यसपटक कृषकहरुले महामारीलाई मध्यनजर गरेर अघिल्लो वर्षको तुलनामा फूल नै कम लगाएका छन् ।
भक्तपुरका प्रेमकृष्ण नगरकोटी पछिल्लो १० वर्षदेखि मखमली फूलको व्यवसाय गर्दै आएका छन् । उनका अनुसार महामारीका कारण पहिलेको तुलनामा कम क्षेत्रफलमा फूल रोपिएको छ । फूल रोप्ने बारीबाट मकै पनि खाएको उनी सुनाउँछन् ।
मिछीमाया नगरकोटीले पनि यसपटक पहिलेभन्दा कम क्षेत्रफलमा फूल रोपेकी छिन् । १५ वर्षदेखि फूलको खेती गर्दै आएकी उनले यसपटक महामारीले फूल व्यवसायमा पनि असर पुर्याउको बताउँछिन् । यद्यपि, तिहार नजिकिदै गर्दा बिस्तारै फूल र मालाको लागि मागहरु आउन थालेका र मखमलको फूल चाँडै नओइलाउनु हुँदा व्यवसाय यसपटक पनि राम्रै हुने आशा गरेकी छन् ।
यतिबेला उनलाई मखमली फूलको माला बनाउन भ्याइनभ्याइ छ । हेरौँ तस्विरहरुः



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण