प्रेस संगठन नेपालको युरोप शाखा गठन
प्रेस संगठन नेपालको युरोप शाखा गठन भएको छ । शनिवार भएको भर्चुअल भेलाले बेल्जियमका केजीन राई (खिमसुहॉग चाम्लिंग) को संयोजकत्वमा युरोप शाखा गठन गरेको हो ।
सो शाखाको सहसंयोजकमा श्याम लुईटेल (बेलायत) र सचिवमा दिपेन्द्र गजुरेल (स्पेन) रहेका छन् । यस्तै सदस्यहरुमा राजकुमार थापा (पोर्चुगल), शेरबहादुर परियार (पोल्याण्ड), प्रेम परियार, नर्वे, रबिचन्द्र भट्टराई, नरेश खपाङ्गी (बेलायत), युवराज फुँयाल (स्वीटजरल्याण्ड), कमल पराजुली (स्पेन), सरला कुमारी कट्टेल (नर्वे), विरमान घर्तिमगर (बेल्जियम), लिलामान शेरपुञ्जा (बेलायत) छन् ।
यसैगरी बिमला सेने (बेलायत)कुमार श्रेष्ठ (नेदरल्याण्ड), कलश खरेल (पोर्चुगल), अनिस त्रिपाठी (फ्रान्स), निर्मला तिवारी (स्पेन), कर्मा पहाडी (बेलायत), कृष्ण तिवारी (बेल्जियम) र बिमला लिम्बु (बेलायत) लाई सदस्यमा चयन गरिएको छ । प्रेस संगठन नेपालका संयोजक महेश्वर दाहालको प्रमुख आतिथ्य तथा सहसंयोजक गणेश बस्नेतको विशेष आतिथ्यतामा सम्पन्न भेलाले युरोपमा रहेका सबै पक्षको भावनालाई समेटदै युरोप शाखा गठन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण