पूर्व समूहभित्र खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लाग्योः ईश्वर पोखरेल
सोमबार, १७ कात्तिक २०७७, १३ : ४२
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको टिप्पणी गरेका छन् । सोमबार ट्वीट गर्दै पोखरेलले एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दूर्भाग्य निम्त्याउन लागेको आरोप लगाएका हुन् । पोखरेलको आरोप पार्टीका कार्यकारी अध्यक्षप्रति लक्षित छ ।
‘एकताका बेला गरिएको सहमति विपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दूर्भाग्य निम्तिन लागेको हो । त्यस्तो दूर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं, व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’ पोखरेलले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण