जावेद अख्तरले कंगनामाथि मानहानीको मुद्दा लगाए, नायिकाले लगाएकी थिइन् धम्क्याएको आरोप
कंगना रनौटविरुद्ध मानहानीको अर्को एउटा मुद्दा दर्ता भएको छ । यसपटक गीतकार जावेद अख्तरले कंगनामाथि मुद्दा दर्ता गरेका हुन् । भारतीय मिडियामा प्रकाशित एक रिपोर्टका अनुसार अख्तरले कंगनाको एउटा बयानमाथि आपत्ति जनाएका थिए । कंगनाले जावेद अख्तरले उनलाई घर बोलाएर धम्काएको र ऋतिक रोशनसँग माफी माग्न भनेको दाबी गरेकी थिइन् ।
रिपोर्टमा दाबीः जावेद अख्तरले धम्की दिएका छैनन्
बलिउड खबरको वेबसाइट स्पटबोयको रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जावेद अख्तरले कंगनालाई धम्की नदिएको बताइउको छ । अब यो मामिलामा अदालतसम्म पुगिसकेको छ र जावेद अख्तर लामो लडाईं लड्न तयार छन् ।
कंगनाकी म्यानेजरले ८ महिना अघि ट्वीट गरेकी थिइन्ः
नायिकाकी बहिनी तथा म्यानेजर रंगोली चंदेलले ट्वीट गरेर जावेत अख्तरमाथि कंगनालाई धम्काएको आरोप लगाएकी थिइन् । उनले लेखेकी थिइन्, ‘जावेद अख्तर जीले कंगनालाई घर बोलाए र धम्की दिँदै ऋितिक रोशनसँग माफी माग्न भने । महेश भट्टले कंगनामाथि चप्पल फ्याँकेका थिए किनभने उनले भट्टको फिल्ममा सुसाइड बम्बरको भूमिका निभाउन अस्विकार गरेकी थिइन् । उनीहरु प्रधानमन्त्रीलाई फासीवादी भन्छन्... काकाहरु तपाईं दुबै को हो ?’

ऋतिक रोशन–कंगना रनोटको विवाद के थियो ?
कंगना सन् २००९ देखि २०१३ सम्म ऋितिकसँग सम्बन्धमा रहेकी थिइन् । ब्रेकअपपछि दुबैको विवाद अत्यधिक चर्चामा आयो । सन् २०१६ मा एक शोमा कंगनाले ऋतिकलाई ‘सिली एक्स’ भनेकी थिइन् र प्रमाणको रुपमा उनीसँग ऋतिकले सम्बन्धमा रहँदा पठाएको सबै मेल भएको दाबी गरेकी थिइन् । यस विषयमा ऋतिकले कंगनाविरुद्ध मुम्बई क्राइम ब्रान्चमा ऊजुरी दर्ता गरेका थिए ।
कंगनाविरुद्ध गत महिना ३ मुद्दा दर्ता भएका थिएः
अक्टोबरमा कर्नाटकको तुमकुरमा कंगनाविरुद्ध मुद्दा दर्ता भएको थियो । उनीमाथि किसानलाई अपमान गरेको आरोप लागेको थियो । त्यसपछि मुम्बईमा दुई मुद्दा दर्ता भए । यसमा कंगनामाथि धर्मको नाममा घृणा फैलाएको र अदालतको अपमान गरेको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण