निर्मल शर्मा लेख्छन्- ‘अहिले फिल्म बनाउने निर्माता बलभद्र र भिमसेन थापाभन्दा बहादुर’

काठमाडौं । कोरोना संक्रमण बढ्ने डरले सरकारले फिल्म क्षेत्रमाथि लगाएको प्रतिबन्ध अझै कायम नै राखेको छ । तर, केही कलाकर्मी भने यस्तो अवस्थामा पनि जोखिम मोलेर फिल्म छायाँकनमा निस्किरहेका छन् । अहिले पनि ‘आई एम ट्वान्टिवान’, ‘चोर पुलिस’ लगायतका करिब आधा दर्जन फिल्म फ्लोरमा छन् । चलचित्र विकास बोर्डले पनि फिल्म निर्माणको अनुमति भने दिइरहेको छ ।
कलाकार तथा निर्देशक निर्मल शर्मा भने अहिलेको समयमा फिल्म बनाउन तम्सने निर्माता बहादुर भएको बताएका छन् । उनले त्यस्ता निर्मातालाई बलभद्र कुँवर र भिमसेन थापाभन्दा बहादुर भएको भन्दै ब्यङ्ग्य गरेका छन् ।
‘यस्तो अवस्थामा पनि चलचित्र निर्माण गर्न तम्सने लगानीकर्ताहरु बलभद्र कुँवर र भिमसेन थापाभन्दा बहादुर लाग्यो मलाई त’ उनले अगाडि लेखेका छन् ‘सरोकारवाला संघ–संस्थाहरु पहिले समर्पित निर्माता निर्देशकहरुका तयार भएका र बीचमा रोकिएका फिल्महरुलाई सुरक्षित बनाउन पहल गर्नुस् अनि मात्र नयाँ फिल्म निर्माणको स्वीकृति दिनुहोला ।’ उनले अहिलेको अवस्थामा पनि फिल्ममा लगानी गर्न तयार निर्माताहरु जोगाउनुपर्ने आसय समेत स्टाटसमा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर