शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची

शुक्रबार, २३ जेठ २०८२, ०६ : ३८
शुक्रबार, २३ जेठ २०८२

सारांश

  • आज संघीय संसदका चार संसदीय समितिको बैठक बस्ने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन संशोधन विधेयकमाथि छलफल गर्नेछ।
  • कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आगामी सम्मेलनबारे छलफल गर्नेछ, जसमा वन, वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल हुनेछ।
  • सार्वजनिक लेखा समितिले २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्नेछ भने विधायन व्यवस्थापन समितिले केही नेपाल ऐन संशोधन विधेयकमाथि दफावार छलफल गर्नेछ।

काठमाडौँ । सङ्घीय संसद अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। राज्य व्यवस्था तथा सुशासन समितिको ७६ औँ बैठक  बिहान साढे आठ बजे बस्नेछ । बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

बिहान साढे आठ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ। बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी रहने सम्मेलनबारे छलफल हुनेछ। उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ।

सार्वजनिक लेखा समितिको ४३ औँ बैठक पनि आज बस्दै छ। बिहान १०ः३० बजे बस्ने बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ७३ औँ बैठक आज बस्दै छ। बिहान ९ बजे बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप