मधेस सरकारले शुक्रबार नीति तथा कार्यक्रम ल्याउँदै
बिहीबार, २२ जेठ २०८२, १४ : २३

जनकपुर । मधेस प्रदेश सरकारले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम ल्याउँदै छ । मधेसको प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको नीति आयोग मधेसका उपाध्यक्ष डा. सोहन साहले बताए । उनका अनुसार पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो । ‘इन्टर कनेक्टेड वे’ मा नीति तथा कार्यक्रम ल्याउन लागिएको उनको भनाइ छ ।
विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि