बारा पुगेर माधव नेपालले भनेका थिए – सरकारले बुद्धि पुर्याओस्, भ्रष्टाचार नियन्त्रण गरोस्

समाचार सारांश
- नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यो मुद्दा पतञ्जलि जग्गा हिनामिना प्रकरणसँग सम्बन्धित छ।
- अध्यक्ष नेपालले वर्तमान सरकारलाई भ्रष्टाचार नियन्त्रण, सुशासन र विकासका काममा ध्यान दिन सुझाव दिएका छन्। उनले कृषिलगायतका क्षेत्रमा जोड दिनुपर्ने बताए।
- नेपालले राजतन्त्रको सम्भावित पुनरागमनको विषयमा टिप्पणी गर्दै वंशको दास बन्ने कुरालाई अस्वीकार गरे। उनले अर्थतन्त्रमा योगदान गर्न सक्ने व्यक्तिलाई अवसर दिन सकिने बताए।
बारा । । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । उनीहरू विरुद्ध पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले बिहीबार मुद्दा दर्ता गरेको हो ।
आजै बिहान बारा पुगेका अध्यक्ष नेपालले अहिलेको सरकारलाई हटाउला भन्ने कल्पना कसैलाई नगर्न टिप्पणी गर्दै भ्रष्टाचार नियन्त्रणमा ध्यान दिन सुझाव दिएका थिए ।
सिमरा विमानस्थलमा पत्रकारहरूसँग कुराकानी उनले भने, ‘यो सरकारले बुद्धि पुर्याओस्, देशको विकासको काममा ध्यान केन्द्रित गरोस्, भ्रष्टाचारलाई नियन्त्रण गरोस्, सुशासनको प्रत्याभूति गरोस् दूरगामी महत्वका परियोजनाहरूमा ध्यान दिओस् । देशको अर्थतन्त्रको आधार भनेको कृषि नै हो, त्यसैले कृषिजन्य तथा खानीजन्य उद्योगहरू, जलविद्युत्मा आकर्षित गरौँ ।’
नेपालले धेरै नेताहरूले सत्ताको लाभ मात्रै लिन थालेकोले जनतामा विकल्पको चाहना देखिएको टिप्पणी पनि गरे । उनले गृहमन्त्रीको राजीनामाको विषयमा संसद्मा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्ने भए झन्डै १२ वटा मन्त्रालयको विषयमा कुरा उठेकोले सबै मन्त्रीले राजीनामा दिनुपर्ने स्थिति आउन सक्ने बताएका थिए ।
राजवादीहरूको आन्दोलनलाई लिएर अध्यक्ष नेपालले एउटा वंशको दास बन्ने कुरालाई स्विकार्ने नसकिने टिप्पणी गरेका छन् । ‘राजपरिवारका सदस्य अर्थतन्त्रमा महारथी भए राजनीतिमा आउनु अर्थशास्त्री बनाइदिउँला, परिआयो भने अर्थमन्त्री पनि बनाइदिउँला कुनै ठुलो कुरा भएन,’ अध्यक्ष नेपालले भने, ‘तर राजा बन्ने कल्पना नगरे हुन्छ, हामी आफ्नो टाउकामा अर्को बज्र प्रहार हुने र एउटा वंशको दास बन्ने कुरालाई स्विकार्ने पक्षमा छैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
१० बजे १० समाचार : माधव नेपालविरुद्ध मुद्दा चलेपछि आरोप–प्रत्यारोप, प्रचण्डले पनि भने– प्रतिशोधको गन्ध आयो
-
बाजुरा आगलागी अपडेट : ३१ पसल पूर्ण रूपमा जले, प्रभावित भएकाहरू खुला आकाशमुनि
-
चलचित्र ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने
-
झापामा करेन्ट लागेर आठ जना घाइते
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित