दाङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, २० कात्तिक २०७७, १४ : २४
दाङ । सवारी ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दाङ देउखुरी जिल्ला अदालतवाट सवारी ज्यान मुद्दामा १ महिना ७ दिन कैद र २ हजार रुपैया जरिवाना सजाय तोकिएका घोराही उपमहानगरपालिका वडा नं. १७ बस्ने २१ बर्षीय कालिसराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक सुमित खड्काले पुष्टि गरेका छन् । अदालतको फैसलापछि फरार रहेका चौधरीलाई खोजतलासका क्रममा बुधवार विहान घोराही उपमहानगरपालिका वडा नं. १७ क्वाडीमा लुकिछिपी हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका चौधरीलाई प्रहरीले कारवाहीका लागि दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अदालतले २०७६ फागुन २१ गते सजाय तोकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण