झापामा कोरोना सङ्क्रमणबाट ५८ जनाले ज्यान गुमाए
कोरोनाको महामारीबाट ज्यान गुमाउनेको सङ्ख्या जिल्लामा ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय सङ्क्रमितको सङ्ख्या ८९३ रहेको जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार ३० हजार ४४१ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना सङ्क्रमित छन् । तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए ।
उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र सङ्क्रमित हुनेको सङ्ख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५५८ कोडिभ–१९ का सङ्क्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।
पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण