साढे १० किलो अफिमसहित जाजरकोटका शाही पक्राउ
काठमाडौँ । लागूऔषध नियन्त्रण ब्यूरोले १० किलो ४०० ग्राम अफिम तथा मनोद्दिपक पदार्थसहित सात जनालाई पक्राउ गरेको छ । लागुऔषध अफिमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ब्यूरोले जाजरकोट जुनीचाँदे गाउँपालिका–२ बस्ने ३७ वर्षीय तिलकबहादुर शाहीलाई अफिमसहित पक्राउ गरेको हो ।
शाहीलाई कात्तिक २० गते बाँके खजुरा गाउँपालिका–८ रनियापुरस्थित सडक किनारामा दाहिने हातमा रातो रंगको झोला बोकी बसिरहेको अवस्थामा पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक तथा प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए । शाहीले झोलाभित्र अफिम सेतो प्लाष्टिकका ११ वटा पोका बनाइ राखेको महतले बताए ।
शाहीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई बुझाइएको ब्यूरोले जनाएको छ । यस्तै, ब्यूरोले कात्तिक १९ गते सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ बस्ने २३ वर्षीय सोनी तामाङलाई नियन्त्रित मनोद्दिपक पदार्थ डाईजेपाम–१८ एम्पुल, बुप्रेनोर्फिन (नुफिन)–१८ एम्पुल, फेनारगन–२० एम्पुल गरी ५६ एम्पुलसहित बौद्ध तिनचुलेबाट पक्राउ गरेको छ ।
यस्तै नियन्त्रित मनोद्दिपक पदार्थ नाईट्राभेट २९८९ ट्याब्लेट, डाईजेपाम २० एम्पुल, बुर्पिनर्फिन (नुफिन)–२० एम्पुल र फेनारगन–२० एम्पुलसहित उदयपुर उदयपुरगढी गाउँपालिका–६ बस्ने ३० वर्षीय इन्द्रबहादुर अधिकारी र त्रियुगाका अरुण विश्वकर्मालाई काठमाडौँको कागेश्वरी मनहराबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

रामेछाप खाडादेवी गाउँपालिका–७ बस्ने २० वर्षीय दिनेश महतो नियन्त्रित मनोद्दिपक पदार्थ डाईजेपाम–१०० एम्पुल, बुप्रेनोर्फिन (नुफिन)–१०० एम्पुल र फेनारगन–१०० एम्पुल गरी जम्मा ३०० एम्पुलसहित काठमाडौँ टोखा नगरपालिका–१० भण्डारी चोकबाट पक्राउ परेको प्रहरी उपरीक्षक महतले बताए ।
त्यसैगरी काठमाडौँ नगरपालिका–११ त्रिपुरेश्वरबाट नियन्त्रित मनोद्धिपक पदार्थसहित दुई जना पक्राउ परेको ब्यूराले जनाएको छ । नुवाकोट बेवकोटगढी नगरपालिका–४ वडारे बस्ने २७ वर्षीय सञ्जु गुरुङ र काभ्रे रोशी गाउँपालिका–७ बस्ने ३६ वर्षीय आले लामा पक्राउ परेका हुन् ।
पक्राउ परेका उनीहरुको साथबाट डाईजेपाम–६० एम्पुल, बुप्रेनोर्फिन (नुफिन)–६० एम्पुल र फेनारगन–६० एम्पुल बरामद भएको महतले जानकारी दिए । पक्राउ परेका उनीहरुविरुद्ध लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिक मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान तथा कारबाही हुने ब्यूरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण