कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ
काठमाडौँ । कञ्चनपुर प्रहरीले पेस्तालसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्ट रहेका छन् ।
बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्थामा गत बुधबार साँझ आएका अपरिचित व्यक्तिहरुले तासको खालबाट नगद लुटपाट गरी भागेको घटनाको अनुसन्धान गर्दै जाँदा सो घटनामा संलग्न रहेको खुलेपछि उनीहरु हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार उनीहरुले जुवाखालबाट ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटेर भागेका थिए । जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरेको कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
उनीहरुको साथबाट १ थान म्याग्जिन र २ राउण्ड गोली बरामद भएको एसपी मरासिनीले बताए । घटनामा प्रयोग भएको से ६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण