आपसी एकता र सद्भाव बृद्धि होस्ः प्रधानमन्त्री ओली
मङ्गलबार, २५ कात्तिक २०७७, ०९ : ३३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभुति, समाज सुधारक महागुरु फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव बृद्धि होस्’ भन्ने कामना गरेका छन् ।
फाल्गुनन्दको मंगलबार १३६ औं जन्मजयन्तीका अवसरमा ट्वीटमार्फत् सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जनाएका छन् ।
‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु’, प्रधानमन्त्रीले ट्वीटरमार्फत् भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
-
घाँसको बीउ उत्पादन
-
गृहमा सहसचिवलाई जगेडामा राखेर उपसचिवलाई जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण