उद्योगी–व्यापारीलाई धम्क्याउने विप्लव समूहका बजगाई पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् ।
काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा मागेको आरोपमा बजगाईलाई गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरिएको काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता कुमारविक्रम थापाले रातोपाटीलाई जानकारी दिए ।
पक्राउपछि बजगाईलाई प्रहरीले सोधपुछ गर्दा सोधिएको कुराको जवाफ नदिई उल्टै प्रहरी टोलीमाथि अपशब्द प्रयोग गरेको डीएसपी थापाले बताए । प्रहरीको काम कर्तव्यमा बाधा अवरोध सिर्जना गरेको डीएसपी थापाको भनाइ छ ।
पार्टीको निर्देशानुसार काम कारबाही गर्दै आएको बजगाईले प्रहरीसमक्ष बयान दिएका छन् ।
बजागाईविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काभ्रेबाट म्याद थप भएको थापाले बताए । बजगाईलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण