राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ
बुधबार, २६ कात्तिक २०७७, १७ : ०४
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए ।
पूर्वउपप्रधानमनत्री समेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।
मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको मर्मअनुरूप बजेट कार्यक्रम लक्षित गर्छौ : मन्त्री थपलिया
-
भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण
-
फेवातालको जग्गा संरक्षण : सर्वोच्चको फैसलाविरुद्ध रिट हेर्दै सर्वोच्च अदालत
-
इरानमा राष्ट्रपतिको निधनमा पाँच दिन राष्ट्रिय शोकको घोषणा
-
गर्मीले जनजीवन कष्टकर
-
बागमती प्रदेशसभा : सन्तुलित बजेट ल्याउन सांसदको माग