राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ
बुधबार, २६ कात्तिक २०७७, १७ : ०४
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ देखिएको छ । केहीदिन यता अस्वस्थ केसीको बुधबार पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । अध्यक्ष केसीको अवस्था सामान्य रहेको समेत नेता शर्माले जानकारी दिए ।
पूर्वउपप्रधानमनत्री समेत रहेका केसी करिब एक महिनादेखि भैरहवामा थिए । त्यही क्रममा रुघा खोकी तथा ज्वरो आउने समस्या देखिएपछि उनको पीसीआर परीक्षण गरिएको थियो । तर त्यहाँ रिपोर्ट निगेटिभ आएको थियो ।
मंगलबार बुटवलबाट काठमाडौँ आएका केसीलाई त्यहिदिन मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । सोही क्रममा केसीले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण