मोदीमाथि राहुलको निशाना–इतिहासमै पहिलोपटक आर्थिक मन्दी सुुरु भयो
एजेन्सी । भारतीय रिजर्भ बैंक (आरबीआई) ले चालू वित्त वर्षको दोस्रो त्रैमासिकमा सकल घरेलु उत्पादन (जिडिपी) को वृद्धदर नकारात्मक रहने अनुमान गरेको छ । यसपछि काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् ।
ट्वीटरमार्फत राहुल गान्धीले इतिहासमै पहिलोपटक भारत आर्थिक मन्दीमा प्रवेश गरेको जनाएका छन् । प्रधानमन्त्री मोदीका कामले भारतको शक्तिलाई कमजोरीमा परिणत गरिदिएको उनको दाबी छ । आरबीआईले मौद्रिक समिक्षालाई लिएर आधिकारिक आँकडा अहिलेसम्म जारी गरेको छैन ।
समाचार एजेन्सी पिटिआईका अनुसार आरबीआईका गभर्नर शक्तिकान्त दासले चालू वित्त वर्षमा विकास दर माइनस ९ दशमलव ५ प्रतिशत हुनसक्ने अनुमान गरेका थिए । यसअघि अप्रिलदेखि जुनसम्मको पहिलो त्रैमासिकका दोरान पनि जीपिडीको विकास दर माइनसमै थियो ।
आरबीआईका गभर्नरले जिडीपीको अन्तिम त्रैमासिकमा वृद्धिको बाटोमा फर्कने अनुमान गरेका थिए । उनले आर्थिक ह्रासका लागि कोरोनाका कारण सिर्जित अनिश्चित अवस्थालाई जिम्मेवार बताएका थिए । केन्द्रीय बैंकका अनुसार पहिलो त्रैमासिकमा विकास दर माइनस २३ दशमलव ९ प्रतिशत थियो ।
भारतमा कोरोना भाइरस महामारी रोक्नका लागि सरकारले मार्च महिनाको अन्त्यदेखि पूर्ण लकडाउन गरेको थियो । यसको असर अर्थव्यवस्थामा स्पष्टै देखियो र पहिलो त्रैमासिकमा जिडिपी विकास दर २३ दशमलव ९ प्रतिशतले माइनस रह्यो । यद्यपि, जुलाई देखि सेप्टेम्बरसम्मको दोस्रो त्रैमासिकका दौरान अनलक सुरु भइसकेको थियो, बिस्तारै–बिस्तारै सबै गतिविधिहरुलाई सुरु गर्न छुुट दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण