श्रोत नखुलेको ३ लाख रुपैयाँसहित १ किशोर पक्राउ
शुक्रबार, २८ कात्तिक २०७७, १९ : ३०
रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एकजना लाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं.२ बाट एक किशोर पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका वडा नं.५ वस्ने शेख जाजुलको छोरा अन्दाजी वर्ष १९ का शेख नुरसैद रहेका छन् । प्रहरीले उनलाई भारत नेपाल फर्किदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो । प्रहरीले चेकजाँच गर्दा उनको साथबाट श्रोत नखुलेको ३ लाख ३० हजार फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।
बरामद रकमसहित नुरसैदलाई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण