मोटोपन, कब्जियत, हाडजोर्नी र उच्च रक्तचापको समस्याबाट छुटकारा पाउन मेवा
एजेन्सी – मेवाले शरीरलाई विभिन्न फाइदाहरु दिन्छन् । मेवा जति स्वास्थ्यका लागि फाइदाजनक छ त्यति नै पाचन प्रक्रियालाई समेत मजबुत बनाउँछ । साथै, मोटोपन समेत घटाउँछ ।
मेवालाई जुस बनाएर पनि पिउन सकिन्छ । काँचो मेवालाई तरकारीको रुपमा पनि पकाउँन सकिन्छ । प्राचीन कालमा मेवालाई घरेलु उपचारका लागि प्रयोग गर्ने गरिन्थ्यो ।
१. मेवाले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । मेवाले पेटलाई सफा गर्छ । साथै आँखाका लागि पनि मेवा निकै फाइदाजनक हुन्छ । मेवा खाँदा शरीरमा पानीको कमी हुँदैन । एक अनुसन्धानका अनुसार १०० ग्राम मेवामा ४३ ग्राम क्यालोरी हुन्छ ।
२. मेवामा भारी मात्रामा फाइबर, पोटाशियम, भिटामिन पाइन्छ । जसको सेवनले मुटुसँग जोडिएका विभिन्न समस्याहरु कम हुन्छ । मुटुको समस्यामा डाक्टरहरु मेवा खाने सल्लाह दिन्छन् ।
३. मेवाको सेवनले हाडजोर्नीको समस्या कम गराउँछ । मेवामा पाइने एन्टी–इन्फ्लेमेटरी एन्जाइम धेरै मात्रामा पाइन्छ । यसले जोर्नीको समस्याको समाधानमा सहयोग गर्छ ।
४. डाक्टरहरुले उच्च रक्तचापका बिरामीहरुलाई मेवा खान सल्लाह दिन्छन् । मेवामा पाइने पोटाशियम धेरै मात्रामा पाइन्छ । जसले रक्तचापलाई नियन्त्रण गर्छ र सन्तुलनमा राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण