गोलिया उत्पादक किसान समस्यामा
निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पजि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ । गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको किसान वीरेन्द्र चौहानले बताए ।
उनले हाल देशमा तीन तहका सरकार क्रियाशिल रहँदा पनि किसानका समस्या समाधानमा पहल नगरेको गुनासो गरे । तीन तहका सरकारले आआफ्नै ढङ्गबाट बनाएका विभिन्न नीति तथा नियम बाझिएका कारण समस्या भएको किसान विशोरसिंह खत्रीले बताए । उनले सरकारले निजी वन उत्पादकलाई दिनुपर्ने रकम नदिएका कारण पनि समस्या भएको बताए ।
विभिन्न मुलुकमार्फत रुख जोगाएवापत सरकारलाई दिने रकम सही ठाउँमा खर्च नभएको निजी तथा पारिवारिक वन सङ्घ इलामका अध्यक्ष रविन्द्र सुवेदीले बताए । वन ऐन कठोर भएका कारण पनि निजी वन मासिने क्रम बढेको बताइएको छ । वन जङ्गललाई पनि एक प्रकारको खेतीकै रुपमा अगाडि बढाउन सके मात्र वन जङ्गल मौलाउने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए । उनले सङ्घीय सरकारले ल्याएको वन ऐन नै स्पष्ट नभएका कारण समस्या आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण