ट्रम्प समर्थकको प्रदर्शनमा छुरा प्रहार, २० जना पक्राउ
एजेन्सी । अमेरिकाको राजधानी वासिङटन डिसीमा प्रदर्शन गरिरहेका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक र त्यसको विरोधमा उत्रिएकाहरुबीच झडप भएको छ । झडपका क्रममा कम्तिमा एक व्यक्तिमाथि छुरा प्रहार भएको छ । त्यस्तै, दुुईजना प्रहरी घाइते भएका छन् भने प्रदर्शनकारीहरुको हातबाट प्रहरीले हतियार बरामद गरेको छ ।
प्रहरीले २० जना प्रदर्शनकारीहरुलाई स्थानीय समयअनुसार आइतबार बिहानै पक्राउ गरेको छ । निर्वाचनमा धाँधली भएको भन्दै यसअघि राजधानीसहित देशका धेरै शहरमा शनिबार ट्रम्प समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए । सडकमा ओर्लिएका लाखौं समर्थकहरुले ‘चोरी बन्द गरौं’, ‘हरेक मतगणना गरौं’ लगायत नारा लगाएका थिए । शनिबार रातिसम्म शान्तिपूर्ण नै रहेको वासिङटनको प्रदर्शन रात ढल्दकैं जाँदा हिंसात्मक बन्यो ।
पक्राउ परेकाहरुमाथि हतियार देखाएको, झडपमा उत्रिएकोलगायत धेरै अभियोगहरु दर्ता गरिएको प्रहरीले जनाएको छ ।
नतिजा नस्वीकार्न ट्रम्पलाई दबाब
वासिङटन डिसीमा भेला भएका समर्थकहरुले हार नमान्न ट्रम्पलाई आग्रह गरे । समर्थकहरुमध्ये केहीले ट्रम्प लेखिएका झन्डा बोकेका थिए भने केहीले ‘धाँधली बन्द गर’ लेखिएका ब्यानर बोकेका थिए । समर्थकहरुले ‘ट्रम्प अहिलेसम्मकै उत्कृष्ट राष्ट्रपति’ लेखिएको ब्यानर पनि बोकेका थिए । उनीहरुले थप चार वर्ष ट्रम्पले शासन सम्हाल्नुपर्ने भन्दै नारा लगाए । भर्जिनिया गल्फ कोर्सबाट ह्वाइट हाउस फर्कने क्रममा शनिबार ट्रम्पले गाडीबाटै प्रदर्शनकारीहरुलाई नियालेका थिए । उनले गाडीबाट हात उठाएर समर्थकहरुलाई अभिवादन गरे ।
ट्रम्पले आफ्नो समर्थनमा उर्लिएको जनलहरको फोटो र भिडियो ट्वीटरमार्फत शेयर गरेका छन् । उनले तत्कालै हार स्वीकार्ने कुनै मनसाय नरहेको पनि दोहोर्याएका छन् । ‘लाखौं मानिसले डिसीमा आफ्नो समर्थन देखाएका छन् । उनीहरु धाँधलीपूर्ण र भ्रष्ट चुनावको पक्षमा छैनन्,’ ट्रम्पको ट्वीटमा उल्लेख छ ।
ट्वीटरले ट्रम्प ट्वीटसँगै यो दाबी विवादित रहेको पनि उल्लेख गरेको छ । ट्रम्पले धाँधलीको आरोप लगाएपनि उनको चुनावी प्रचार अभियानले अझै पनि प्रणालीगत धाँधलीबारे प्रमाण पेश गर्न सकेको छैन । अमेरिकी राष्ट्रपति चुनिनका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल भोटमध्ये ३ सय ६ भोट डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको पक्षमा देखिएको छ । इलेक्टोरल कलेजले मतदान गरेपछि जो बाइडेन औपचारिक रुपमा राष्ट्रपति चुनिनेछन् र उनले २० जनवरीबाट कार्यकाल सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण