बेलायतमा एकै दिनमा ५९८ को मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या छ सयको हाराहारीमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । यो संख्या गत मे पछिकै सबै भन्दा बढी हो । हालसम्म कोरोनाका कारण बेलायतमा ५२ हजार ७४५ जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी २४ घण्टाभित्र २० हजार ५१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ लाख १० हजार ७३२ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या पनि निरन्तर बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ६०१ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार ३९१ जनालाई उपचारार्थ ‘भेन्टिलेटर बेड’ मा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १५ हजार ८३० पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण