अफगानिस्तान र इराकबाट सैनिक फिर्ता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट अमेरिकी सैनिक फिर्ता गर्न अमेरिकी रक्षा मन्त्रालयलाई आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले मंगलबार सो आदेश दिनुभएको अमेरिकी पेन्टागनले जानकारी दिएको छ ।
पेन्टागनका अनुसार राष्ट्रपति ट्रम्पले अफगानिस्तान र इराकबाट आगामी जनवरी महिनाको मध्यसम्ममा कम्तीमा पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न भनेका हुन् । अमेरिकाका कार्यबाहक रक्षामन्त्री क्रिस्टोफर मिलरले सो कुराको जानकारी मंगलबार दिनुभएको बताइएको छ ।
प्राप्त समाचारअनुसार उनले जनवरी महिनाको मध्यसम्ममा अफगानिस्तानबाट २ हजार ५०० र इराकबाट पनि २ हजार ५०० जना अमेरिकी सैनिक फिर्ता गर्न हालै आदेश दिएका उनले मंगलबार जानकारी दिइएको बताइएको छ ।
केही समयअघि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै आगामी क्रिसमस अघि नै चार हजार ५०० सैनिक फिर्ता गरिसकिने बताएका थिए । तर पनि यहाँका वरिष्ठ सैनिक र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारहरुले भने अहिले नै हतार गरेर अफगानिस्तान र इराकबाट अमेरिकी सैनिकको संख्या कटौती गर्न नहुने अडान राख्दै आएका छन् ।
राष्ट्रपति ट्रम्प हालै अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पारजित भएका छन् । अबको केही समयपछि अमेरिकी राष्ट्रपतिका रुपमा विजयी जो बाइडेनले सपथ लिँदै छन् । तर अफगानिस्तानमा सेना उपलब्ध गराएका पश्चिमा देशहरुको संगठन नेटोले भने अफगानिस्तानमा अझै पनि अन्तर्राष्ट्रिय आतंकवादीहरु रहेको बताएको छ । सो संगठनले यहाँबाट पश्चिमा मुलुकभित्र आक्रमणको योजना बन्न सक्ने पश्चिमा सैनिक फिर्ता गर्न नहुने बताएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण