नेपाली खाना चिनाउदै बीबीसी मास्टर सेफको सेमिफाइनलमा सन्तोष
लन्डन । बीबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा नेपाली खानाका लिएर सहभागी भएका सन्तोष साह सेमिफाइनलमा पुगेका छन् । बिहीबार बेलुका बीबीसीबाट प्रसारण गरिएको उक्त प्रतियोगितामा सन्तोष सेमिफाइनलको लागि छनौट भएका हुन् ।
सन्तोषले ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात बनाएका थिए । त्यस्तै, मेन कोर्समा उनले पोलेको भेडाको मासु, खसीको मासुको झोल, बेथेको साग, गहुँको रोटी र माछा, तामाको अचार लगायतका परिकारहरु बनाएर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाएका थिए ।
नेपाली खानाको स्वाद तथा सेफ सन्तोषले देखाएको आकर्षक प्रतिभाका आधारमा सन्तोषले अघिल्लो चरणमा जाने अवसर प्राप्त गरेका हुन् । यसअघिको प्रतियोगितामा पनि सन्तोषले तीनजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै अघि बढेका थिए । यसअघि पनि उनले पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर जजहरुलाई चखाएका थिए । त्यसबेला पनि स्टार सेफ मोनिकाले करेलाको चट्नीलाई एउटै चट्नीभित्र पाँच प्रकारको स्वाद भएको बताउंदै ‘स्टार चट्नी’ को उपनाम दिएकी थिइन् ।

पूर्वी तराईको सिरहा कर्जन्हवामा जन्मिएका सन्तोष पारिवारिक एवम् आर्थिक अवस्थाका कारण सानै उमेरमा रोजगारी खोज्दै भारत छिरेका थिए । तर आफ्नो सहस र मिहिनेतका कारण ‘किचन पोर्टर’ बाट रोजगारी थालेका साहले दश वर्षभन्दा कम अवधिमा ‘इन्सटिच्यूट अफ क्याटरिंग एण्ड होटल म्यानेजमेन्ट’बाट ‘डिप्लोमा इन होटल एण्ड क्याटरिङ म्यानेजमेन्ट’ कोर्समात्र गरेनन्, भारतीय कम्पनीमा करिब ८० कामदारको हेडसमेत बन्न पुगे । सन् २०१० को अन्त्यतिर ‘वर्क पर्मिट’मा लन्डन उत्रिएपछि शुरुका केही वर्ष उनले प्रतिष्ठित इन्डियन रेष्टुरेन्ट तथा होटलमा काम गरे । करिब दुई दशक भारतीय कुजिनमा काम गरे पनि अहिले नेपाली खानालाई विश्वसामू पु¥याउने लक्ष्य लिएर उनी अघि बढेका छन् । नेपाली खाना ओझेलमा परेको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने अभियान थालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
-
रास्वपा सुनसरीको अधिवेशनमा हात हालाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण