बेलायती सेनामा क्याप्टेन बन्ने पहिलो नेपाली महिला बनिन् अंशु
लण्डन । ‘वीर गोर्खाली’को नामले विश्वमा परिचित भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् । कास्कीको पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर–२२ भुम्दी घर भएकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् । हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् । अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।
६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् । गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् । उनकी आमा भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष हुन् । उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।
नेपालीहरु बेलायती सेनामा भर्ना हुन लागेको दुई सय वर्ष नाघिसकेको छ । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरुसमेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन हुन् सकेको छैन । तर, बेलायतमा बसोवास गर्दै आएका नेपाली किशोरीहरु भने फाट्टफुट्ट बेलायती सेनामा भर्ना हुँदै आएका भएपनि क्याप्टेन जस्तो उच्च पदमा पुग्ने कीर्तिमान भने सर्वप्रथम आँशुले कायम गरेकी छन्।
भूतपूर्व गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई भन्छन् ‘ यदि बेलायत सरकारले गोर्खा र तिनका सन्ततीहरुलाई ऐतिहासिक अत्याचार नगरेको भए अहिले क्याप्टेन मात्र हैन धेरै पहिला नै जनरल भैसक्ने थिए ।’ ढिला भएपनि गोर्खालीको नाम थप उच्च भएको राईले रातोपाटीलाई बताए । गोर्खाली र नेपालीकै नाम राख्न सफल भएकोमा राईले उनलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण