साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण
सोमबार, ०८ मङ्सिर २०७७, २३ : ०३
युरोपियन देश साइप्रसमा १५ जना नेपालीमा कोरोना संक्रमण भएको छ । गैरआवासीय नेपाली सघं साइप्रसका अनुसार आइतबार मात्रै गरिएको चेकजाचमा पापोसमा ३ जना , लार्नाकामा २ जना र निकोसिया शहरमा १० जना गरी १५ जना नेपालीमा कोरोना संक्रमण देखिएको हो ।
यस्तै निकोसियामा ३ नेपालीको र्यापिड टेस्ट नतिजा पोजेटिभ आएको छ। ती ३ जनासँगै एकै स्थानमा बस्ने अन्य ७ जनाको पिसिआर टेस्ट सोमवार हुनेछ र रिपोर्ट नआउन्जेल घरमै आईसोलेसनमा बस्ने स्वास्थ्य अधिकारीहरुले सुझाएको बताइएको छ ।
गत हप्ता पनि लिमासोलमा ३ नेपालीमा कोरोना संक्रमण देखिएको थियो। तिनै जना पनि अहिले होम आइसोलेसनमा छन्।
साइप्रस सरकारले देशभरी नै निःशुल्क कोरोना टेस्ट गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो
-
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार
-
महिला टी-२० विश्वकपमा पाकिस्तानलाई हराउँदा कप्तान हरमनप्रीतले रचिन् इतिहास
-
‘गंगा रानी’का रोशन बन्दै वर्षाको जोडी
-
अस्ट्रेलियाको रोमान्चक जितसँगै बंगलादेशको क्लिन स्विप गर्ने सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण