प्रधानमन्त्रीले प्रतिपक्षसँग सत्ता समीकरण गरिरहनु आवश्यक छैनः विष्णु पौडेल
बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रधामनमन्त्री केपी शर्मा ओलीसँग अलरेडी बहुमत रहेकोले प्रतिपक्षसँग सत्ता समीकरण गर्न आवश्यक नरहेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले आज साँझ बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता पौडेलले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समीकरणका विषयमा छलफल नगरी संवैधानिक नियुक्ति र कोराना नियन्त्रणको विषयमा छलफल गर्नुभएको उनले स्पष्ट पारे । प्रधानमन्त्री ओलीसँग सुविधाजनक बहुमत भएकाले प्रमुख विपक्षी दलसँग सत्ता समीकरणबारे कुरा गर्नुपर्ने आवश्यकता नै नभएको दाबी गर्दै प्रतिपक्ष दलका नेता र प्रधानमन्त्रीबीच छलफल गर्ने बिषय संवैधानिक व्यवस्था नै भएको उनले बताए ।
पार्टीभित्र मर्यादाभन्दा बाहिर गएर अभिव्यक्ति दिने र लेख्ने काम समेत भएकाले पार्टी निकै गम्भीर मोडमा पुगेको आफुले अनुभूति समेत उनको भनाई थियो । अर्थमन्त्री समेत रहेका पौडेलले पार्टी एकता जोगाउने प्रयास भइरहेको समेत दाबी गरे । पौडेलले भने, ‘म पनि विगतमा कार्यदलमा बसेको नाताले एकता जोगाउनका लागि अन्तिम प्रयाससम्म लागिरहेको छु ।’
कार्यदलको साझा निश्कर्ष र निर्णयभन्दा बाहिर गएर गतिविधि भएपछि पार्टी एकतामा संकट निम्तिएको पौडेलको भनाई छ । सरकारले जनताको पक्षमा एकपछि अर्को निर्णय गर्दै गएको दावी समेत उनले गरे । पौडेल रुपन्देही क्षेत्र नम्बर २ का सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण