बाबु–छोरा विवादः कुमार सानूले भने, ‘जानको कुरा सुनेर दुःख लाग्यो, उसलाई बंगला दिएँ, निर्माता–निर्देशकसँग भेटाएँ’
जान कुमार सानूले ‘बिग बस’ को घरमा खासै केही गर्न पाएनन् तर घरबाट बाहिर निस्किएपछि उनी आफ्नो नीजि सम्बन्धका कारण चर्चामा छन् । जान कुमार सानूले कार्यक्रमबाट बाहिरिएपछि आफ्ना पिता कुमार सानूमाथि निशाना साँधेका छन् । जानले आफूलाई पिताले आफ्नो लालनपालनबारे प्रश्न उठाएको र यसमा उनलाई कुनै अधिकार नभएको बताएका छन् । उनका अनुसार यस्तो यसकारण किनभने एक पिताको रुपमा कुमार सानूले कहिले पनि उनका दाइ र उनकी आमाको जिम्मेवार उठाएनन् । अब यो मामिलामा कुमार सानूको पनि जवाफ आएको छ । दिग्गज गायकले छोराको कुरा सुनेर आफूलाई असाध्यै नराम्रो लागेको बताएका छन् । जहाँसम्म जिम्मेवारीको कुरा छ आशिकी बंगलादेखि महेश भट्टसँग मिलाएको भन्दै आफूले जानका लागि धेरै कुरा गरेको बताएका छन् ।
मैले जानको लालनपालनमा प्रश्न उठाएको होइनः
बलिउड लाइफसँगको कुराकानीमा सानूले भने, ‘सबैभन्दा पहिला त सबैजनाले त्यो भिडियो हेर्नुहोस् । मैले त्यहाँ कतै पनि लालनपालन भन्ने शब्द बोलेको छैन । मैले ‘नालायक’ कुरा गर्नुहुँदैन मात्र भनेको छु । नालायक कुरा, मैले उसलाई नालायक भनेको छैन । अर्को कुरा महाराष्ट्रमा बसिरहनुभएको छ भने मराठी र महाराष्ट्रको सम्मान गर्नुपर्छ र यो ज्ञान उसलाई दिनुपर्दथ्यो । मैले यत्तिमात्रै भनेको हुँ । उसले उसको पिताले केही गरेनन् भनेको सुन्दा मलाई साह्रै दुःख लागेको छ ।’
जानकी आमाले मसँग जे मागिन्, मैले त्यो सबै दिएँः
कुमार सानूले थपे, ‘यदि उसले पिताले कुमार सानू नाम दिनेबाहेक अरु केही गरेनन् भनिरहेको छ भने ऊ त्यतिबेला असाध्यै सानो थियो, त्यसैले उसलाई केही थाहा छैन । तर जब सन् २००१ मा मेरो उनकी आमासँग सम्बन्धविच्छेद भयो, उसकी आमालाई जतिपनि कुरा चाहिएको थियो, त्यो सबै मैले दिएँ । रिटा भट्टाचार्यले अदालतमार्फत् जे पनि माग गरिन्, चाहे त्यो मेरो आशिकी बंगला नै किन नहोस्, मैले त्यो पनि दिएँ । साथै, मेरो छोरा र मेरो भेट भइरहन्छन् तर बिग बसपछि म उसलाई भेट्दिनँ । उसले चाहेको खण्डमा पनि । ’
जानले भने, ‘बाबा शोमा लिनुहोस्, मैले शोमा लिएँ ’
कुमार सानूका अनुसार उनी कहिले पनि जान बिग बोसमा जाने पक्षमा थिएनन् । उनका अनुसार उनले शोमा इन्ट्रि हुनु अघि पनि जानलाई भेटेका थिए । तर शोमा जानलाई असाध्यै रुची भएकोले उनले यसका लागि अडिशन दिए । उनले थपे, ‘त्यसपछि जानले मलाई बाबा मलाई शोमा लिनुहोस् भनेर आग्रह गर्यो, त्यसपछि हामीले लियौं । उसले म्युजिक डायरेक्टरलाई, निर्मातालाई भेटाइदिन भन्यो, मैले उसलाई महेश भट्ट, रमेश तौरानी र थुप्रै मानिसहरुलाई भेटाएँ ।’
‘यदि मैले केही नगरेको भए जान यति ठूलो कसरी भयो ?’
कुमार सानूले भने, ‘यदि मानिसहरुले जानलाई काम दिन्छन् वा दिँदैनन्, त्यसमा उनीहरुकै मर्जी । यो जानको आफ्नै क्षमता हुनेछ । मलाई यसबारे केही भन्नु छैन । ’
उनी प्रश्न सोध्छन्, ‘अब तपाईं नै भन्नुहोस्, के मैले उसलाई नामबाहेक केही दिइनँ होला, उसको लागि केही गरिनँ होला । आज ऊ यत्ति ठूलो भएको छ, कसरी भयो ? ऊ त्यतिबेला निकै सानो थियो, उनीहरुको घरमा त्यतिबेला कोही कमाउँदैनथे । त्यसैले जब मैले यो सबै सुन्छु तब मलाई नराम्रो लाग्छ ।’
मलाई कोरोना भयो, उनीहरुको घरबाट कसैले फोनसमेत गरेनन्ः
कुमारले आफू कोरोनाद्वारा संक्रमित भएको र त्यतिबेला उनले वा उनकी आमा कसैले पनि एक कलसमेत नगरेको बताए । उनले भने, ‘अहिले पनि जानले मलाई एकपटक पनि सोधेको छैन । हेर्नुहोस्, प्रेम एकतर्फी हुँदैन र एक हातले ताली पनि बज्दैन । उनीहरुलाई केही चाहिएका बेला, मसँग प्रेमले बोल्छन् । अब बिग बस आएपछि उसले भिन्न कुरा गरिरहेको छ । कहिले म उनका लागि राम्रो हुन्छु, कहिले उनी आफूलाई भाग्यमानी ठान्छन् कि कुमार सानू उनका पिता हुन् । त्यसपछि पुनः भन्छन् कि ड्याडी निकै खराब छन् । ६० वर्षभन्दा माथिको उमेरमा यो सबै सुन्नु परिरहेको छ ।’
म अब यो कुरामा पुनः पर्न चाहन्नँः
कुमार सानू यत्तिमा मात्रै रोकिएनन् । उनले थपे, ‘मैले दोस्रो विवाह गरेपछि आफ्नो परिवारसँग २० वर्षदेखि शान्तिले बसिरहेको थिएँ । म अब यी सबैमा पुनः पर्न चाहन्नँ । यदि उनीहरुलाई लाग्छ कि मैले उनीहरुलाई केही दिएको छैन, मैले सबैकुरा सार्वजनिक रुपमा भनिसकेको छु । मसँग यी कुराको प्रमाण पनि छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
-
विश्वकप सुरु हुनुअघि मेक्सिको सिटीमा मानव लहरको विश्व कीर्तिमान प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण