करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता
काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो ।
आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध गराइएको अवसरमा समेत आफूले बुझाउनुपर्ने कर नतिरेका कारण विभागले अहिले पुनः मौका दिएको बताएको छ ।
विभागका उपमहानिर्देशक एवं प्रवक्ता मुक्ति पाण्डेले आगामी फागुनसम्मको अवसर नगुमाउन सम्बन्धित सरोकारवाला एवं सेवाग्राहीलाई आग्रह गरे । उनले सेवाग्राहीका लागि यो निकै राम्रो अवसर भएको बताए ।
विभागका अनुसार हाल आय विवरण पेस नगर्ने र कर नतिर्ने करदाताको संख्या २ लाख ८० हजार ६ सय ३८ रहेको छ । विभागले देशभरका ती करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छुट तथा सुविधा उपयोग गरी कर तिर्न ताकेता गरेको बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण