अभिनयमा कमब्याक गर्दै जया प्रदा
बिहीबार, ११ मङ्सिर २०७७, १८ : ३२
मुम्बई । अभिनेत्री जया प्रदाले अभिनयमा कमब्याक गर्ने भएकी छन् । लामो समयदेखि फिल्मी दुनियाँबाट टाढा रहेकी उनले पञ्जाबी फिल्ममार्फत अभिनयमा फर्किन लागेकी हुन् । उक्त फिल्ममा अभिनेता राज बब्बरको पनि अभिनय रहनेछ ।
समाचारमा उल्लेख भएअनुसार जयाको अभिनय रहने पञ्जाबी फिल्मको नाम ‘भूत अंकल तुस्सी ग्रेट हो’ रहेको छ । जयाको यो पञ्जाबीमा डेब्यु फिल्म हो । फिल्मका निर्देशक केसी बोकाडिन्या रहेका छन् । जयाले केसीसँग यस अगाडि पनि काम गरिसकेकी छन् ।
हरर कमेडी जनरामा निर्माण हुने यो फिल्ममा जया र राज मुख्य भूमिका निर्वाह गर्दैछन् । जयाले यस अगाडि दिन्दी, तमिल, तेलुगु, मलयालम फिल्ममा काम गरिसकेकी छन् । जया र राज अलग अलग राजीतिक पार्टीसँग सम्बन्धित छन् । राज काँग्रेस र जया बीजेपीसँग आवद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ध्यानाकर्षण
-
स्वास्थ्य बिमा बोर्डले ३६४ स्वास्थ्य संस्थालाई पठायो २ अर्ब रुपैयाँ
-
विष्णु पक्राउपछि महेश बस्नेतको टिप्पणी, ‘कुखुरा मर्यो भन्दा पनि स्याल पल्कियो’
-
लालीगुराँस र आइडियल यमुना सहकारीका थप ८२ जनाको बचत फिर्ता
-
एसईई पुनर्योगको नतिजा सार्वजनिक
-
आरजुमाथि किन भएन अभियोग दायर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण