भारती सिंहको समर्थनमा आए कृष्णा अभिषेक, यसकारण राजू श्रीवास्तवलाई भने ‘बकवास’
हास्यकलाकार कृष्णा अभिषेक आफ्ना साथी भारती सिंहको समर्थनमा उत्रिएका छन् । भारती सिंहको ड्रग्स मामिलामा नाम जोडिएपछि हास्यकलाकार राजू श्रीवास्तवले आफ्नो प्रतिक्रिया जताउँदै भारतीले धेरैथरी भनेका थिए ।
उनले भनेका थिए, ‘लाखौं जनताले तपाईंलाई आफ्नो आइडल मान्छन् । उनीहरुले तपाईंको फोटो आफ्नो फोनमा राख्छन् । उनीहरु तपाईंजस्तै बन्न चाहन्छन् । तपाईंलाई यस्तो गर्न किन आवश्यक थियो ? ड्रग्स नखाँदा तपाईं राम्रो हास्यकलाकार बन्न सक्नुहुन्नँ वा तपाईंले ऊर्जा पाउनुहुन्न ?’
यसमा अब कृष्णा अभिषेकले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘राजू श्रीवास्तवले त असाध्यै बकवास गरे । उनले भारतीका लागि जे जति भने त्यो अचम्मित गरिदिने किसिमकै थियो । उनले जीवनभरीका लागि सम्बन्ध बिगारेका छन् । सबैसँग । उनले जस्तो प्रतिक्रिया दिएका छन्, पूरा समूह हामी रिसाएका छौं । एउटै उद्योगको भएको नाताले पनि राजूले भारतीलाई त्यस्तो विधि भन्नु हुँदैनथ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण