सालकको खपटासहित मैतीदेवीबाट दुई पक्राउ
मङ्गलबार, १६ मङ्सिर २०७७, ०७ : ५१
प्रहरीले बहुमूल्य वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौँ महानगरपालिका–२९ स्थित मैतीदेवी पेट्रोलपम्प नजिक गुडिरहेको बा२ज ६५७ नंको भाडाको ट्याक्सीमा सालकको खपटा ओसारपसार गरिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले सालकको खपटा ओसारपसार गरेको अभियोगमा सिन्धुपाल्चोकका ३२ वर्षीय राम मिजार र सोही जिल्लाका २७ वर्षीय नवराज मिजारलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले नवराज मिजारले बोकेको कालो झोलामा रहेको ४.४५ ग्राम खपटासमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण