जापानको वेरोजगार दर तीन वर्ष यताकै उच्च
एजेन्सी । जापानको वेरोजगार दर अक्टोबरमा तीन वर्ष यताकै उच्च विन्दुमा पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । वेरोजगार दर वृद्धि हुनुलाई कोरोना भाइरस सङ्क्रमणजन्य महामारीसँग जोडेर हेरिएको छ । महामारीका कारण व्यवसायिक गतिविधि नराम्रोसँग प्रभावित बनेको र यसको प्रभाव रोजगार क्षेत्रमा पनि परेको जापानको ठहर छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार जापानमा अक्टोबरमा ८० हजार व्यक्ति वेरोजगार बनेसँगै कूल वेरोजगार व्यक्तिको सङ्ख्या २१ लाख ४० हजार पुगेको छ । जापानमा सेप्टेम्बरको तुलनामा पुरुषतर्फको वेरोजगार ०।२ प्रतिशतले वृद्धि हुँदा यो सङ्ख्या ३।४ पुगेका तर महिलातर्फको वेरोजगार दर (२.७ प्रतिशत) मा कुनै परिवर्तन नदेखिएको पनि तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी रोजगारी उपलब्धता दर सेप्टेम्बरमा १.०३ रहेकोमा अक्टोबरमा १.०४ मा पुगेको अर्थात् हरेक १०० व्यक्तिका लागि १०४ पद खाली रहेको र यो सन् २०१९ को अप्रिलपछि पहिलो पटक सुधार भएको बताइएको छ । कोरोनाकालमा पनि रोजगारी उपलब्धता दर बढ्नुलाई सकारात्मक सूचकका रूपमा हेरिएको छ ।
जापान सरकारले महामारीका कारण आर्थिक सङ्कटमा परेका कम्पनीलाई राहतस्वरूप करमा विभिन्न छुटको योजना अघि सारेको छ । अर्थशास्त्रीहरूका अनुसार जापानले श्रम बजारलाई जटिल सङ्कटबाट बचाएको छ । राहत कार्यक्रम आगामी फेब्रुअरीसम्मका लागि तय गरिएकोमा यसलाई बढाएर मार्चसम्म पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण