ओलीलाई माधवको प्रश्न : एमाले कसको निर्देशनमा चल्दैछ ?
काठमाडौं – एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी ओलीको गलत निर्णयले पार्टीले ठूलो क्षति व्यहोरेको बताएका छन् ।
शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा बोल्दै नेता नेपालले अध्यक्ष ओलीको चर्को आलोचना मात्रै गरेनन्, पार्टी नै विधि र विधान विपरित चलाइरहेको आरोप पनि लगाए ।
पहिलो दिनको बैठकमा आफ्नो धारणा राख्दै नेता नेपालले माओवादीसँगको एलाइन्स तोड्ने र प्रचण्डलाई प्रम नबनाउने तत्कालिन एमालेको निर्णयले सिंगो पार्टीले क्षति ब्यहोर्नु परिहेको सुनाए । ‘त्यसवेलाको निर्णयमा कमजोरी भएकै हो, स्थानीय तह निर्वाचनमा त्यसको असर प्रश्ट देखियो,’ नेपालले भने ।
दुई नम्बरमा एमालेपछि परेपछि ओलीले भने, ‘चुनावमा सत्तापक्षले धाँधली गर्यो’
नेता नेपालले गुटका आधारमा पार्टी चलिरहेको पनि बताए । उनले भने‘गुटबन्दी बढेको छ । गुट र कोटरीका आधारमा पार्टी चलेको भान भैरहेको छ । यतिसम्मकी पार्टीको बैठक विधि र विधान बमोजिम नबसी लहडका भरमा बोलाउने गरिएको छ ।’
नेता नेपालले माहाधिबेसनमा आफूलाई भोट हालेकाहरुलाई अध्यक्ष ओलीले पेल्ने गरेको बताए । उनले स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा एमालेका त्यागीलाई भन्दा गुटका आधारमा बाड्दा एमालेले हार बेहोरेको भन्दै नेता ओलीको चर्को आलोचना गरे ।
यसअघि बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विचारका आधारमा चल्ने भन्दै विधि र विधानविपरित कुनै काम नगरेको बताएका थिए ।
बैठकमा अध्यक्ष ओलीले २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण