२०२४ को चुनावी तयारी थाल्ने ट्रम्पको योजना, बाइडेनको सपथकै दिन सुरु गर्न सक्छन् अभियान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । आफुुविरुद्ध धाँधली भएको भन्दै उनले विभिन्न राज्यको निर्वाचन प्रक्रियाविरुद्ध कानूनी लडाइँ थालेका थिए । यद्यपी, इलेक्टोरल कलेजबाट जो बाइडेन राष्ट्रपति चुनिएमा सत्ता हस्तान्तरणमा बाधक नबन्ने संकेत उनले गरिसकेका छन् ।
जो बाइडेनको ह्वाइटहाउस प्रवेशको दिन नजिकिंदै गर्दा ट्रम्प पनि नयाँ योजना बनाउन व्यस्त छन् । द डेली बिस्ट न्युज पोर्टलमा प्रकाशित समाचारअनुसार जो बाइडेनले राष्ट्रपतिको सपथ लिएकै दिन अर्थात् २० जनवरी २०२१ मा राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने विषयमा ट्रम्पले सोचिरहेका छन् । २०२४ को निर्वाचन अभियानलाई कसरी सुरु गर्न सकिन्छ भन्ने विषयमा उनले सल्लाहकारहरुसँग छलफल थालेको समाचारमा उल्लेख छ । द हिल पत्रिका र ह्यारिस एक्स पोल्सस्टरले गरेको सर्वेक्षणअनुसार झन्डै ४७ प्रतिशत अमेरिकीहरुले २०२४ को ट्रम्पको उम्मेदवारीलाई समर्थन गर्ने देखिएको छ । अमेरिकी नागरिकहरुले नोभेम्बर ३ मा मतदान गरेका थिए, जसअनुसार जो बाइडेनका पक्षमा राष्ट्रपति चयनका लागि २ सय ७० भन्दा धेरै इलेक्टोरल मत सुनिश्चित भइसकेको छ । बाइडेनले आफुलाई विजयी घोषणा गरिसकेका छन् र धेरै देशबाट उनलाई बधाइ सन्देश आइसकेको छ ।
अमेरिकामा इलेक्टोरल कलेजले राष्ट्रपति चयन गर्छ । इलेक्टोरल कलेजको बैठक १४ डिसेम्बरमा बस्नेछ र यसले नै नयाँ राष्ट्रपतिका लागि मतदान गर्नेछ । त्यसपछि ६ जनवरी २०२१ नयाँ संसद्को सपथ हुनेछ, यसको पहिलो काममध्ये मतगणना पनि एक हुनेछ । त्यसपछि उपराष्ट्रपति माइक पेन्सले विजेता घोषणा गर्नेछन् । २० जनवरीमा नव निर्वाचित राष्ट्रपतिले सपथ लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक अनुशासनविपरीत काम गर्नेलाई निर्मम कारबाही गरिन्छ : सशस्त्र प्रहरी
-
कृषि र साना कर्जाको धितो मूल्याङ्कन सहज, बाली भित्र्याउने समयअनुसार किस्ता तय गरिने
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण