अभिनेता सन्नी देओललाई कोरोना संक्रमण
मुम्बई । बलिउड अभिनेता सन्नी देओल कोरोना संक्रमित भएका छन् । सन्नी आफैले ट्वीट गरेर आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।
सन्नीले आफ्नो कोरोना टेष्ट गराएका थिए । जसमा रिपोट पोजेटिभ आएको छ । सन्नी पछिल्लो समय मनालीको दशाल गाउँमा रहेका छन् । उनी परिवार सहित केही अगाडि मनाली पुगेका थिए । उनी आउँदा पनि परिवारसहित उनको पनि कोरोना टेष्ट गरिएको थियो । सो समय सबैको रिपोट नेगेटिभ आएको थियो ।
उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । त्यसैले पनि उनले कोरोना परीक्षण गराएका थिए । उनमा संक्रमण भेटियो । अहिले उनी स्वस्थ्य रहेका र कटेजमा बसिरहेको समाचारमा जनाइएको छ ।
सन्नी देओलका मनालीको साथ गहिरो नाता रहेको छ । उनी आफ्नो धेरै समय मनालीमा बिताउने गर्दछन् । उनले छोरा कर्ण देओललाई लिएर बनाएको फिल्म ‘पल पल दिल के पास’को सबै सुटिङ समेत मनालीमा गरेका थिए । मनाली फिल्मसिटी बनाउने उनको सपना पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण