चिकित्सा शास्त्र प्रवेश परीक्षा नहुँदा अन्योल
काठमाडौँ । चिकित्सा शास्त्र स्नातकोत्तर तहमा प्रवेश परीक्षा नहुँदा अध्ययन गर्न तयारी अवस्थामा रहेका आठ हजार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अन्योलमा परेका छन् । प्रवेश परीक्षा समयमा हुन नसक्दा कहिले स्नातकोत्तर तहमा अध्ययन गर्ने भन्ने अन्योल देखिएको हो । गत जेठ महिनामा हुनुपर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षा हालसम्म नहुँदा शैक्षिक सत्र प्रभावित हुने स्थिति आएको छ ।
चिकित्सा शिक्षा आयोगका कार्यकारी उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले गत जेठ महिनामा चिकित्सा शास्त्र स्नातकोत्तर तहका गत जेठमा हुने परीक्षा कोभिड–१९ का कारण रोकिन पुगेको जानकारी दिए । उनले कोभिडका कारण रोकिएको परीक्षा चिकित्सा शिक्षा आयोगले गत असोज २७, २८ र २९ गते तय गरेको भन्दै विभिन्न चार विषयमा मुद्दा परेपछि अहिले रोकिन पुगेको जानकारी दिए ।
‘‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ’’, डा. गिरीले थपे, “समयमा चिकित्सा शास्त्र तर्फका स्नातकोत्तर तहको प्रवेश परीक्षा हुन नपाउँदा शैक्षिक सत्रमा असर परेको छ ।”
स्नातकोत्तर तहको अध्ययन गर्न डा. प्रकाश बन्जाडेले पनि परीक्षा फाराम भरेका थिए । डा. बन्जाडे यतिखेर माल्दिभ्समा कार्यरत छन् । उनी स्नातकोत्तर तह अध्ययन गर्न फाराम भर्न बन्दाबन्दीको अवस्थामा आएका थिए ।
चिकित्सा शिक्षा आयोगले असोज अन्तिममा परीक्षा तोकेपछि परीक्षा दिने तयारीका साथ नेपाल आउनुभयो । परीक्षा अनिश्चित बनेपछि पुनः माल्दिभ्स फर्किएका छन् । कहिले प्रवेश परीक्षा हुन्छ र परीक्षा दिन पाइएला भन्ने चिन्ताले पिरोलिरहेको उनी बताउँछन् । परीक्षा दिइहाल्न पाए ढुक्क हुने थिएँ, डा. बन्जाडेले भने, “परीक्षा अनिश्चित र अन्योल हुँदा भइरहेको काममा असर पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा ९ खर्ब रुपैयाँसम्म लगानी गर्ने स्पेस बाँकी, नीतिगत लचकता अपनाइँदै
-
निजी क्षेत्रको मनोबल कमजोर हुँदा अर्थतन्त्र चलायमान हुन सकेन : विष्णुप्रसाद घिमिरे
-
संसद्को प्रभावकारितामाथि प्रश्न: सत्तापक्ष सन्तुष्ट, प्रतिपक्ष असन्तुष्ट
-
‘मास्टर्नी’ गीतमाथि तत्काल प्रतिबन्ध लगाउन अखिल (क्रान्तिकारी) को माग
-
अन्योलतामै बित्यो आर्थिक वर्ष २०८२/८३, पुँजीगत खर्च पाँच वर्ष यताकै न्युन
-
योगेशको प्रश्न : प्रदेश सरकार कसले किन फेरबदल गर्न खोज्दैछ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण