बेलायतमा कोरनाका कारण मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो
लन्डन । बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरुको संख्या शनिबार साँझसम्म ६१ हजार नाघेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप ३९७ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६१ हजार १४ जना पुगेको छ । पछिल्लो एकसातामा तीन हजार ३८ जानको मृत्यु भएको छ । तर, कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमाणपत्रका आधारमा भने मृतक संख्या ६९ हजार ७५२ जना रहेको सरकारी तथ्यांक छ ।
कोरोना संक्रमितको संख्या १७ लाख नाघ्यो
यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि शनिबार साँझ सम्म १७ लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप १५ हजार ५३९ जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । यससँगै बेलायतमा कुल संक्रमितको संख्या १७ लाख पाँच हजार ९७१ पुगेको छ ।
पछिल्ला दिनहरुमा हस्पिटल भर्ना हुने कोरोना संक्रमितको संख्यामा पनि कुनै कमि आएको छैन । बितेको २४ घन्टामा एक हजार ४४४ जना कोरोना संक्रमित भर्ना भएका छन् भने एक हजार २७४ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ । हाल बेलायतका हस्पिटलमा १४ हजार ५५६ जनाको उपचार भैरहेको छ ।
यसैगरी बेलायतमा फाइजर बायोएनटेकले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज आगामी ८ डिसेम्बर मंगलबारबाट शुरु गरिने बताइएको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) प्रमुख कार्यकारी क्रिस हप्सनले कोरोना विरुद्धको भ्याक्सिन्लाई म्याराथनको संज्ञा दिंदै आगामी मंगलबारबाट दौड शुरु हुने बताएका छन् । बेलायतले फाइजर बायोएननटेकले उत्पादन गरेका कोभिड खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । जसबाट एक मानिसलाई दुई डोजका दरले कुल २ करोड मानिसलाई खोप प्रदान गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण