फरदीन खानको नयाँ लुकले खिच्यो ध्यान, कुनैबेला मोटोपनाका कारण भएका थिए ट्रोल
निकै लामो समयदेखि लाइमलाइटबाट टाढा नायक फरदीन खान एकपटक पुनः सार्वजनिक रुपमा देखिएका छन् । उनी निकै फिट भएका छन् । पछिल्लो पटक जब उनी देखिएका थिए तब उनलाई चिन्नै मुश्किल परेको छ ।
सन् २०१६ मा मोटोपनाका कारण भएका थिए ट्रोल
फरदीन खानलाई सन् २०१६ मा सहाराश्री सुब्रत रोय र आफ्नी बहिनी लैलासँग देखिएको थियो । त्यतिबेला फरदीन खान निकै भिन्न देखिएका थिए । उनी सोसल मिडियामा निकै ट्रोल पनि भएका थिए ।
बलिउडमा कमब्याक गर्नसक्छन् फरदीन खानः
अब फरदीन खानको फिट सुगठित शरीर देख्न सकिन्छ । उनलाई शनिबार कास्टिङ डायरेक्टर मुकेश छाबडाको मुम्बई अफिस बाहिर देखिएको थियो । उनलाई हेर्दा यस्तो लाग्छ कि उनी पुनः बलिउडमा कमब्याक गर्ने योजना बनाइरहेका छन् ।
फरदीन खानको फिल्मी करियरः
फरदीन खानलाई अन्तिम पटक सन् २०१० मा रिलिज भएको ‘दुल्हा मिला गया’ मा देखिएको थियो । फरदीन खानले आफ्नो फिल्मी करियरको सुरुवातमा फिल्म ‘प्रेम अगन’ मार्फत् गरेका थिए । यसबाहेक उनले ‘ओम जय जगदीश’, ‘नो एन्ट्री’, ‘प्यार तूने क्या किया’ जस्ता फिल्ममा काम गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण