सार्वजनिक बिदामा विद्यालय सञ्चालन
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले हप्ताका सातै दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको बसेको बैठकले यहाँका सबै विद्यालय हप्ताका सातै दिन सञ्चालन गर्ने निर्णय गरेको हो ।
यहाँका विद्यालयमा शुक्रबार पूरै दिन पढाइ र शनिबार अतिरिक्त क्रियाकलाप शुरु गरिने नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।
नगरभित्रका ६३ वटै विद्यालयमा अब बिदाको दिन पनि पठनपाठन र अतिरिक्त क्रियाकलाप हुनेछ । बालविकासदेखि कक्षा ९ सम्मको पढाइ २०७८ को वैशाखभरि सञ्चालन हुने र २०७८ जेठदेखि अर्को शैक्षिकसत्र सञ्चालन गर्ने गरी कार्ययोजना नगर कार्यपालिकाको बैठकबाट पारित भएको नगर प्रमुख केसीले जानकारी दिए ।
विसं २०७६ चैत ११ गतेदेखि बन्द भएका विद्यालय नगरपालिकाले कात्तिक १६ गतेदेखि शुरु गरेको थियो । प्रधानाध्यापकले तयार पारेको प्रस्ताव नगर शिक्षा समिति हुँदै कार्यपालिकामा पेस भएको थियो । कार्यपालिकाले उक्त प्रस्ताव पारित गरेको छ । विशेष परिस्थितिका कारण बन्द भएका विद्यालय अब निरन्तर सञ्चालन हुने नगर प्रमुख केसीको भनाइ छ ।
सो निर्णयबाट विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावक उत्साहित भएका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये कार्ययोजना बनाएर पठनपाठन गर्ने आठबीसकोट नगरपालिका दोस्रो हो । यसअघि चौरजहारी नगरपालिकाले पनि कार्ययोजना बनाएर पठनपाठन शुरु गरेको थियो । त्यस्तै जाजरकोटको नलगाड र भेरी नगरपालिकाले समेत विद्यालय सञ्चालन ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
-
सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिमा दुई सदस्य मनोनित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण