कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
काठमाडौँ । हास्य कलाकार सुलेमान शंकर ‘इकु’ र स्नेहा कट्वालले कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ ल्याउँदैछन् । बिहीबार शोको प्रोमो सार्वजनिक गरिएको छ ।
साउन ४ गतेदेखि हरेक सोमबार ‘नागरिक प्रेस’ युट्युब च्यानलमा प्रसारण हुने कलाकार इकुले जानकारी दिए । नेपाली डिजिटल मिडिया र मनोरञ्जन क्षेत्रमा विल्कुलै नयाँ र मौलिक स्वाद दिने उद्देश्यका साथ निर्माण गरिएको यो शोले सबै नेपालीको मन छुन सक्ने उनले बताए ।
‘यो कार्यक्रमले नेपालका स्थापित सेलिब्रेटी, राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूलाई अतिथिका रुपमा आमन्त्रण गरी उनीहरूको बाल्यकाल, जीवनमा लुकेका सङ्घर्ष र उतारचढावका कथाहरूलाई मौलिक र विशुद्ध हास्य शैलीमा प्रस्तुत गर्नेछ,’ उनले भने । प्रोमोमा ‘बुढा’ र ‘बुढी’ले कसको कहानी पहिला सुनाउने भन्नेमा तँछाडमछाड गरेको देखिन्छ ।
इकु कलाकारितासँगै विभिन्न समाजसेवा र संगठनमा समेत सक्रिय भूमिकामा छन् । इकु नामबाट कलाकारिता क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल उनले थुप्रै टेलिसिरियल र फिल्ममा अभिनय गर्दै उनले फिल्म निर्माण र निर्देशन समेत गरिसकेका छन् ।
गायनबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेकी स्नेहा कट्वालले केही टेलिसिरियलमा अभिनय समेत गरेकी छन् । पछिल्लो समय उनले सीता, छुच्ची सासु, गीता र सम्झौता लगायत सिरियलमा अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
-
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
-
लुम्बिनीमा कांग्रेस अझै पर्खाइमा, भोलि पुन बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण