बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार कुन राशिको दिन शुभ, हेर्नुहोस् राशिफल

बुधबार, २४ मङ्सिर २०७७, ०६ : ०८
बुधबार, २४ मङ्सिर २०७७

विसं.२०७७ साल मंसिर २४ गते । बुधबार । ईश्वी सन् २०२० डिसेम्बर ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–नवमी, १२ घडी १५ पला, बिहान ११ बजेर ३८ मिनेट उप्रान्त दशमी । नक्षत्र– उत्तरफाल्गुनी, ०७ घडी ४२ पला, बिहान ०९ बजेर ४९ मिनेट उप्रान्त हस्त । योग–आयुष्मान, ३५ घडी २२ पला, बेलुकी ०८ बजेर ५३ मिनेट उप्रान्त सौभाग्य । करण– गर, बिहान ११ बजेर ३८ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर ३५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–कन्या । 

काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २५ घडी ५७ पला । विश्व भ्रष्टाचारविरुद्ध दिवस । 

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकी आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुनः बल्झन सक्छ वा ऋण लाग्नेछ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढि नै संघर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोरा छोरीबाट तपाईंको काममा सहयोग हुने छैन । वौद्धिक कार्यमा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

सामाजिक काम गर्दा ध्यान दिनुहोला, प्रतिस्पर्धीहरुले तपाईंको साख गिराउन खोज्नेछन् । खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हाँसिल हुन मुस्किल रहेको छ । घर जग्गा तथा स्थाई सम्पत्तिमा विवाद आउने योग रहेको छ भने आमा वा आफन्तसँग टाढिएर परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समय मध्ययम रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायबाट सोचे जस्तो आम्दानी नभएपनि घाटा लाग्ने छैन । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला, गन्तव्य पहिल्याउन मुश्किल पर्नेछ । मायाप्रेममा नजिक हुँदा अविश्वास बढ्ने हुनाले आजको दिन टाढै रहनु उचित हुनेछ । आफन्त तथा दाजु भाइसँग सानो कुरामा विवाद बढ्नेछ भने गैर न्यायिक कामहरु नगर्नुहोला समय तपाईंको पक्षमा रहेको छैन । खेलकुद तथा साहसिलो क्षेत्रमा पनि तपाईंंको पक्षमा नतिजा नआउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

अध्ययनमा रुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धीमुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । तरपनि बाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

सामाजिक काम गर्दा ध्यान दिनुहोला समयमा काम नसकिने तथा मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । पठन पाठनमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसाय खस्केर जाने हुनाले आम्दानीका स्रोतहरु साँघुरिनेछन् । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ ।

तुला  (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

आफन्त तथा परिवारकै सदस्यहरुबाट सहयोग नपाइने हुँदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केही समय पर्ख र हेरको रणनिति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेको छ भने पति पत्नीबीच अविस्वास बढ्ने योग रहेको छ । खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने छ । लामो दुरीको विदेश यात्रा तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

विभिन्न भौतिक तथा विलासी सामानहरु जुट्नेछन् भने भविश्यमा आम्दानी हुने व्यावसायमा लगानी गर्न सकिनेछ । आयस्रोतका बाटाहरु फराकिला हुनेछन् भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । बैक तथा वित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

 राज्यबाट अनावश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा नगर्दिनाले महत्वपूर्ण उपलब्धी गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साँघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेको छ । आफ्नो धन सम्पत्तिमा अरुले नै अधिकार जमाउन खोज्नेछन्, ध्यान दिनुहोला ।
 
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धीमुलक कामहरु गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा तय गर्न सकिनेछ । धार्मिक स्थलको भ्रमण हुनेछ भने आफ्नो संस्कार तथा रितिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुनसक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला, कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेको छ । व्यापार व्यावसायमा प्रशस्त समय लगानी गरेपनि आम्दानी थोरै हुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । अध्ययनमा मन नजाँदा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्ययम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पर्यटकीयय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पत्ती तथा सवारी साधन प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पति पत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ ।
 
तपाईंको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप