बेलायतमा २४ घन्टामा थप २१ हजार ६७२ जना संक्रमित थपिए
लन्डन । बेलायतमा कोरोना संक्रमणदर दैनिक रुपमा बढ्दै गैरहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शुक्रबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ६७२ जना नयां कोरोना संक्रमित थपिएका छन् । हिजो बिहीबार संक्रमित संख्या २० हजार ९६४ रहेको थियो भने बुधबार संक्रमित संख्या १६ हजारको हाराहारीमा थियो । बेलायतमा एकसातामा एक लाख १९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या १८ लाख ९ हजार ४५५ पुगेको छ । पछिल्लो २४ घन्टामा चार लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो ।
यसैगरी पछिल्लो २४ घन्टामा थप ४२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा एकसातामा मात्रै कोरोनाका कारण तीन हजार ३७१ जनाको ज्यान गएको छ । हालसम्म ६३ हजार १२५ जना कोरोना संक्रमितको मृत्यु भैसकेको सरकारी तथ्यांकमा उल्लेख छ । तर, कोरोनाका मृतकको रुपमा मृत्यु दर्ता गरिएको प्रमाणपत्रको आधारमा भने उक्त संख्या ७३ हजार भन्दा बढी छ ।
संक्रमितको संख्या बढेसंगै हस्पिटल भर्ना हुनेको संख्या पनि बढेको छ । बितेको २४ घन्टामा एक हजार ६२२ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । हाल १६ हजार भन्दा बढीको हस्पिटलमा उपचार भैरहेको छ । जसमध्ये एक हजार २६७ जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
बेलायतमा गत मंगलबारदेखि आममानिसमा कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य तीव्र रुपमा अघि बढिरहेको छ । कोभिड खोप लगाउन शुरु भएसंगै एक नेपाली चिकित्सकले कोभिड खोप लिएका छन् । ब्रोङलिस जनरल हस्पिटलमा कार्यरत नेप्लिज् डक्टर्स एसोसिएशन (एनडिए) यूकेका अध्यक्ष डा रमेश खोजुले बिहीवार बिहान ग्लाङली जनरल हस्पिटल कारमरथेन गएर उक्त खोप लिएका थिए । हाल अग्रपंक्तिमा काम गर्ने स्वास्थ्य कर्मचारी, ८० वर्ष नाघेका वृद्धवृद्धा र केयर होमका कामदारहरु खोपको पहिलो प्राथमिकतामा रहेका छन् । बेलायतमा पहिलो चरणमा ८ लाख डोज भ्याक्सिन दिइने छ, जुन चार लाख मानिसहरुको लागि पर्याप्त हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण