समयमै निःशुल्क खोप उपलब्ध गराउन पहल
काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउने प्रक्रियामा भइरहेका प्रगति र पहलका विषयमा चासो व्यक्त गरेका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा उपप्रधानमन्त्री पोखरेलले कोरोनाको खोप ल्याउन र भण्डारणमा रहेका समस्याबारे चासो राखेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले समयमै निःशुल्क खोप उपलब्ध गराउने बारेमा एमसीसी आबद्ध मन्त्रालयसँग छलफल भएको जानकारी दिए । उनले भने, “समयमै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने सन्दर्भमा छलफल भएको हो । त्यस बाहेकका कतिपय निर्णयको कार्यान्वयनका सन्दर्भमा पनि अनौपचारिक छलफल ग¥यौँ ।”
बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि भइरहेका सम्बन्धित काम र कोभिड कोषको खर्च विवरण नागरिकलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । उपप्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अन्तर्राष्ट्रिय सीमा बिन्दुमा स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने र त्यसका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा नियुक्त गर्नेबारेमा पनि बैठकमा छलफल भएको थियो ।
कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको भत्ता सम्बन्धमा देखापरेका केही व्यावहारिक कठिनाइलाई सम्बोधन गर्ने विषयमा समेत बैठकमा छलफल भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण