दूधवालीको सपना
एउटा गाउँमा सीता भन्ने एक जना दूधवाली थिई । हरेक दिन ऊ दूधको भाँडा भर्ने गर्थी । उसको काम गाई दुहुने र बजारमा लगेर दूध बेच्ने थियो । सीता दूध बेचेको पैसा कसरी खर्च गर्ने भनेर सोच्ने गर्थी ।
सीता दूध भरेर बजार जाँदा बाटाभरि आफूले किन्ने सामानहरुका बारेमा सोच्ने गर्थी । यसरी हिँडिरहँदा उसले केक र एक डालो ताजा स्ट्रबेरी पनि किन्ने विचार गरी ।
केही बेर हिँडेपछि उसले बाटो मुन्तिर छिर्केमिर्के कुखुरा देखी । अनि उसको मनमा अर्को सोच आयो । उसले सोची “आजको पैसाले म आफ्नै लागि एउटा चल्ला किन्छु । त्यो चल्ला केही समय पालेपछि कुखुरा बन्छ । त्यसले अण्डा कोरल्नेछ अनि दूध र अण्डा बेच्न थाल्छु । यसबाट धेरै पैसा कमाउँछु ।”
ऊ सोचमग्न हुँदै गई, “धेरै पैसा भएपछि नयाँ नयाँ फेन्सी कपडा किन्छु र लगाउँछु । मैले लगाएका राम्रा लुगा देखेर अरू सबै दूधवाला ईष्र्याले जल्नेछन् ।” यस्तो सोच्दै ऊ अति उत्साहित हुँदै आफूले दूधको भाँडा बोकेको पनि बिर्सिंदै उफ्रिन थाली । उफ्रिँदा उफ्रिँदै उसले बोकेको भाँडाको दूध छचल्किएर पोखियो । दूध सीताको जिउभरि पर्यो ।
दूध पोखिएर भिजेकी सीताले आफैलाई भनी, “अहो ! अब मलाई चल्ला किन्न पैसा नपुग्ने भयो ।” ऊ रित्तो भाँडो लिएर घर फर्की ।
“हरे भगवान् ! के भयो तिमीलाई ?” सीताकी आमाले सोधिन् ।
“म आफूले चाहेको सामान किन्ने सपनामा डुबेर दूधको बोकेको कुरा बिर्सिएछु ।” उसले उत्तर दिई ।
अहो सीता, मेरी प्यारी । कति भन्नु, “चल्ला नकोरलेसम्म अण्डैमा कुखुराको गन्ती नगर ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण