अक्षयकुमारसँग साराको ‘अतरंगी रे’
मुम्बई । अभिनेत्री सारा अली खानले आनन्द एल रायको फिल्म ‘अतरंगी रे’ को सुटिङ फेरि सुरु गरेकी छन् । साराले गत वर्ष साइन गरेको यो फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो । हालै एक अन्तर्वार्तामा उनले छायाँकन अनुभव शेयर गर्दै यो समय फिल्मको छायाँकन मुस्किल विषय भएको समेत बताएकी छन् । उनले लामो समयपछि सुटिङ सेटमा फर्किदा राहत महसुस भएको समेत सुनाएकी छन् ।
‘सामाजिक दुरी कायम राख्नु, माक्स लगाउनु र सुरक्षाको मापदण्ड पालना गर्नुले काम गर्ने तरिकालाई नै फेरिदिएको छ । तर कामको विषयमा आफ्नो मिहिनेत उहि छ’ साराले भनिन् । सारा यस फिल्ममार्फत पहिलोपटक अक्षयकुमार र धनुषसँगै पर्दामा देखिँदैछिन् । फिल्मको पहिलो चरणको सुटिङ वाराणसीबाट सुरु गरिएको हो ।
गत मार्चमा कोरोनाको कारण लगाइएको लकडाउनले सुटिङ रोकिएको थियो । त्यसपछि निर्माण युनिटले अक्टुवरमा चेन्नईमा फिल्मको सुटिङ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण