सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए ।
अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए । उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको पनि उनले बताए ।
पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए । सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । अबदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट
-
ओडिसा नेपाली छात्राको मृत्यु प्रकरण: सत्य तथ्य सार्वजनिक गर्न समितिको निर्देशन