नेकपा (माले)द्वारा अध्यादेशको विरोध, शुक्रबार राजधानीमा विरोध प्रदर्शन हुने
काठमाडौं । नेकपा (माले) ले सरकारद्वारा जारी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका महासचिव सीपी मैनालीले बुधबार विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी उक्त अध्यादेशले राष्ट्रपति र प्रधानमन्त्रीबारे विविध कोणबाट प्रश्न र विरोध गर्ने ठाउँ दिनुका साथै यस ब्यवस्थाको शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तमाथि नै चोटिलो प्रहार गरेको जनाएका छन् ।
अध्यादेश जारी गर्ने सरकारको कदमको विरोध गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसले सरकारलाई झन् स्वेच्छाचारी र निरंकुश बन्न थप शक्ति प्रदान गर्नेछ ।’ नेकपा (माले)ले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आफूभित्रको शक्ति संघर्षलाई सरकार सञ्चालनका कार्यमा प्रवेश नगराउन खबरदारी गर्दै सरकारसँग आफ्नो मिचाहा कार्यशैली तत्काल अन्त्य गरी स्वेच्छाचारीतन्त्रलाई बढाउने यस अध्यादेशलाई अविलम्ब फिर्ता गर्न माग गरेको छ ।
नेकपा (माले)द्वारा जारी विज्ञप्तिमा ‘सरकारका यस्ता जनता तथा राष्ट्रविरोधी कार्यलाई विरोध गर्नका निम्ति यही पुस ३ गते दिउँसो १ बजेदेखि काठमाडौंको माइतीघर मण्डलाबाट सुरु हुने २२ राजनीतिक संगठनको विरोध–प्रदर्शन तथा सभामा सहभागी हुन’ जनतामा अपिलसमेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण