चितवनको माडीमा अयोध्याधाम
माडी । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिए ।
“प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र माडी नगरपालिकाको समन्वयमा गुरुयोजना सहितको डीपीआर तयार गरिएको हो”, उनले भने । त्यहाँ निर्माण हुने मन्दिरहरूको नक्सासमेत बनाइएको उहाँले जानकारी दिनुभयो । अयोध्याधामको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने प्रक्षेपण गुरुयोजनामा छ । गुरुयोजनाअनुसार काम सम्पन्न भए दुईदेखि तीन वर्ष लाग्ने बताइएको छ ।
भगवान् श्रीरामको भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाह मण्डप, वाल्मीकि आश्रम निर्माण गुरुयोजनामा समेटिएको छ । यस्तै लक्ष्मण वाटिका, अशोक वाटिका, जटायु पार्क, वाल्मीकि आश्रम निर्माणलाई पनि गुरुयोजनामा समेटिएको छ ।
नेपालका चारै धाम पशुपति, वराह, मुक्तिनाथ र रिडीको मन्दिर निर्माणलाई पनि गुरुयोजनामा समावेश गरिएको छ । अयोध्याधामको चरणबद्ध विकास गर्ने योजनाअनुरूप पहिलो चरणमा राम, सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण