आगामी तीन दिनको मौसम पूर्वानुमान, चिसो अझै बढ्न सक्ने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुर्इ स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः
पौष ३ गते (शुक्रबार)
दिउँसोः प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ ।
रातिः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ४ गते (शनिबार)
दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ५ गते (आइतबार)
दिउँसोः प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः प्रदेश नं १ र लुम्विनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की
-
माओवादी एसिया प्रदेश संगठन समितिको संयोजकमा ओली, कमिटीमा को-को समेटिए ?
-
कल्याण उपकार सेभिङ्गका अध्यक्ष लिला बहादुर पुर्पक्षका लागि थुनामा
-
बृहत् विद्यार्थी महोत्सव किन ?
-
विश्वासको मत पाउनेमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वस्त
-
सरकारको मुद्दा छिनोफानो नभएसम्म प्रदेश सभामा उपस्थित हुँदैनौँ : उद्धव थापा