बेलायतमा एकै हप्तामा एक लाख ६७ हजार भन्दा बढी संक्रमित
लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो एकसातामा एक लाख ६७ हजार ७३१ जना नयां संक्रमित थपिएका छन् । गत नोभेम्बरबाट कोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेलायतमा अहिलो कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गैरहेको छ । शुक्रबार साँझसम्मको तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा मात्र थप २८ हजार ५०७ जना नयाँ संक्रमित थापिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख ७७ हजार १६७ पुगेको छ ।
यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि खासै कमि आएको छैन । बितेको २४ घन्टामा थप ४८९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य विभागले जानेको छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण ६६ हजार ५४१ जनाको मृत्यु भैसकेको छ । एकसाताभित्र मात्र तीन हजार १६० जनाको मृत्यु भएको स्वास्थ्य विभागले उल्लेख गरेको छ ।
कोरोना संक्रमण र मृत्युदर बढेसँगै हस्पिटल भर्ना हुनेको संख्यामा पनि वृद्धि भएको बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जानकारी दिएको छ । कतिपय हस्पिटलहरुमा बेद अभावका कारण संक्रमितलाई अन्यत्र पथाउना थालिएको समाचार माध्यमले जनाएको छ । अहिले दैनिक एक हजार सात सय भन्दा बढी मानिसहरु हस्पिटल भर्ना भैरहेका छन् भने १८ हजार भन्दा बढीको हस्पिटलमा उपचार भैरहेको छ । एक हजार ३४० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
कोरोना संक्रमण बढ्न थालेपछि क्रिसमसपछि फेरि देशव्यापी लकडाउन हुन सक्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संकेत गरेका छन् । हाल लन्डनमा कडा प्रतिबन्धसहितको तेस्रो चरणको लकडाउन लागू गरिएको छ । कोरोना संक्रमणका कारण विश्वभर १६ लाख ७४ हजार भन्दा बढीको ज्यान गैसकेको छ भने ७ करोड ५६ लाख ४१ हजार भन्दा बढी संक्रमित भएका छन् । यसैगरी ५ करोड ३० लाख ८९ हजार भन्दा बढी मानिसहरु संक्रमणमुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण